रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरले ६१औैं रेडक्रस दिवस तथा जिल्ला समितिलाई स्वागत तथा सम्मान गरेको छ । दिवसको अबसरमा उपशाखाले जिल्ला शाखाका सभापति हरिप्रसाद पौडेल सहित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको कार्यक्रम संयोजक तथा उपशाखाका कोषाध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । उपशाखा सभापति गोविन्द श्रेष्ठले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरे, रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्याल,रेडक्रसका मन्त्री राममणि खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम उपशाखा सभापति श्रेष्ठको अध्यक्षतामा भएको भएको कार्यक्रम सचिव युवराज आचार्यले सञ्चालन गरेका थिए ।

