रत्ननगर, भदौ १६
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा शनिबार दिलु डिजाइनर क्लोसेटको समुद्घाटन गरिएको छ । सेभ सुपर मार्केट अगाडि रहेको सो पसलमा नारीहरुका लागि आकर्षक पहिरनहरु साडी, कुर्ता सलवार , लेहङ्गा सुपथ मुल्यमा विक्रीका लागि राखिएको संचालिका दिलु सापकोटाले जानकारी दिइन् । हरितालिका तिजको अवसर पारेर कपडा पसल सञ्चालनमा ल्याएको उनको भनाई छ । एक औपचारिक कार्यक्रमका बीच झुपादेवी सापकोटा र काशिकादेवी सापकोटाले सयुक्त रुपमा पसलको उद्घाटन गरेका हुन् ।

