खैरहनी । राेट्याक्ट क्लव अफ पूर्वी चितवनकाे विहीबार पद हस्तान्तरण गरिएकाे छ । खैरहनीमा आयाेजित एक आैपचारिक कार्यक्रमका बीच बर्ष २०२२/२३ कि अध्यक्ष राेसिना उप्रेतीले बर्ष २०२३/२४ का अध्यक्ष प्रवेश घिमिरेलाई पद हस्तान्तरण गरेकी थिइन् । पद हस्तान्तरण लगतै कार्यक्रमका प्रमुख अतिथि राेट्याक्ट क्लवका जिल्ला अध्यक्ष राेशन कार्कीले नवनिर्वाचित अध्यक्ष घिमिरेलाई पद तथा गाेपनीयताका सपथग्रहण गराएका थिए ।

कार्यक्रममा क्वलकी अध्यक्ष उप्रेतीले आफ्नाे कार्यकाल सफल बनाउन सहयाेग गरेका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा राेट्याक्ट क्लवका आगामी जिल्ला अध्यक्ष विक्रम क्षेत्री, राेटरी क्लव अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष राममणि न्याैपाने, राेटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष शिवराज उप्रेती, राेट्याक्ट क्लव अफ मणिग्रामका अध्यक्ष गणेश भूषाल, राेट्याक्ट क्लव अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष सुजन लामिछाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।

क्लवका निर्देशक विशाल सारुमगरले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा उपाध्यक्ष निरन्जना ढुंगानाले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम क्लवका सचिव सक्षम उप्रेती र सहसचिव अन्जली राेयले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार