रत्ननगर । रत्ननगरमा रहेको क्वेष्ट मोडेल कलेज एवं प्यारागन माविका विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुलाई शनिबार विद्यालयमा स्वागत गरेका छन् । कक्षा १२ मा पढ्ने विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । कक्षा १२ की छात्रा मन्दिपा गजुरेलको अध्यक्षतामा नारायणी रिसोर्ट नवलपुरमा सम्पन्न स्वागत कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष निराजन खनाल र क्याम्पस प्रमुख नेत्र बहादुर क्षेत्रीले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । सो कार्यकममा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ लाई मायाको चिनो साथै विविध सांस्कृतिक कार्यक्रम मार्फत स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार