रत्ननगर,भदौ ३ ।
रत्ननगर नगरपालिका वडा नम्बर १ भित्र स्थायी बसोबास गर्ने दशनामी समुदायलाई संगठीत गर्ने उद्देश्यले दशनामी समाज गठन गरिएको छ । शनिबार भक्तिनी बगैंचामा भएको भेलाले तुलसी गिरी अध्यक्ष रहने गरी दशनामी समाज गठन गरेको हो । रत्ननगर वडा नम्बर १ का वडा सदस्य गिरीराज लम्सालको प्रमुख आतिथ्यतामा भएको भेलाले समितिको उपाध्यक्षमा मेघनाथ पुरी, सचिवमा अम्बिका पुरी, कोषाध्यक्षमा सन्तोषी गिरी, सह-सचिवमा रविकला गिरी र सदस्यहरुमा मौसम गिरी र सन्ध्या गिरीलाई चयन गरेको हो । भेलाले कृष्ण पुरीलाई सल्लाहकार संयोजकमा चयन गरेेको अध्यक्ष तुलुसी गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार