चितवन । चितवनको टिकौली जंगलमा भएको दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको छ । गैडाकोटको अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा सात वटा सवारी साधनलाई ठक्कर दिंदा २० जना घाइते भएका हुन् । बसले लास बोकेको बोलेरोसहित सात वटा सवारीलाई ठक्कर दिएको थियो । बुधबार बिहान अन्दाजी ११ः४० बजे भएको उक्त दुर्घटनामा परी घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । भरतपुरबाट रत्नगरको टाँडी जाँदै गरेको भरतपुरस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नं. को बसले विपरीत दिशाबाट लाश बोकेर देवघाटतर्फ जाँदै गरेको ना२च ८४८६ नम्बर बोलेरोलाई ठक्कर दिँदा भएको उक्त दुर्घटनामा बा.प्र.०६–००१प९९८१, बा.प्र.०३–००५प ९७, ना६२ प ६०३२ र बा.प्र.०३–००१प ४१४७ नम्बरका मोटरसाइकलहरु, तथा बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरका स्कुटर एकापसमा ठोक्किँदा २० जना घाइते भएका हुन् ।
घाइतेहरुको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको छ । प्रहरी चौकी गोन्द्राङबाट अन्दाजी ५०० मिटरको दुरीमा उक्त दुर्घटना भएको थियो । प्रहरीले कलेजका बस चालक ३६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परी घाइतेमध्ये खैरहनी–४ का कृष्णबहादुर तामाङ, मकवानपुरको हेटौँडाका मोहन तामाङ, खैरहनी–१ का ८२ वर्षीय बृद्ध जितबहादुर तामाङ, रत्ननगर–१४ का कुसुमबहादुर राना, सुरेश श्रेष्ठ र डोबहादुर कार्की, रत्ननगर–१० का किशोर तामाङको अवस्था गम्भीर छ, उनीहरुको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी घाइतेहरु रत्ननगर–१४ का ४१ पुर लामा र ५५ वषीए बुद्धिराम तामाङ, रत्ननगर–१६ का ४४ वर्षीय रेशम पोख्रेल, काठमाडौँको गोकर्ण–४ बस्ने ४८ वर्षीया तारा श्रेष्ठ, रत्ननगर–१६ का ४७ वर्षीय दिलबहादुर घिसिङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको सरकारी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बोलेरो गाडीमा सवार गैँडाकोट–८ का ५१ वर्षीय लोकराज लामाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यसैगरी रत्ननगर–१४ का ३३ वर्षीय बा.प्र.०३–००६ प ९९८१ नं. का मोटरसाइकल चालक शंकर परियार, सोही मोटरसाइकलमा पछाडि सवार रत्ननग–१४ कै ३६ वर्षीय दिवेश शाक्यको पुरानो मेडिकलमा उपचार भइरहेको छ । शाक्यको अवस्था मध्यम छ भने चालक परियार सामान्य घाइते भएका छन् । लाश बोकेको बोलेरोमा सवार रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ र ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेहरुको विवरण :
भरतपुर अस्पतालमा उपचाररत घाइतेहरु
खैरहनी नगरपालिका–४ बस्ने अन्दाजी ६५ वर्षीय कृष्ण बहादुर तामाङ (गम्भिर)
हेटौडा उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ६५ वर्षीय महोन तामाङ (गम्भिर)
खैरहनी–१ बस्ने अन्दाजी ८२ वर्षीय जित बहादुर तामाङ (गम्भिर)
रत्ननगर नगरपालिका–१४ बस्ने अन्दाजी ५५ वर्षीय कुसुम बहादुर राना (गम्भिर)
रत्ननगर–१४ बस्ने अन्दाजी ३८ वर्षीय सुरेश श्रेष्ठ (गम्भिर)
रत्ननगर–९ बस्ने अन्दाजी ३५ वर्षको किशोर तामाङ (गम्भिर)
रत्ननगर–१४ बस्ने अन्दाजी ५५ वर्षको डोल बहादुर कार्की (गम्भिर)
रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (मध्यम)
सोहि ठाउँ बस्ने बर्ष ५५ को बुद्धिराम तामाङ (मध्यम)
रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (मध्यम)
काठमाण्डौ गोकर्ण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम)
रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल बहादुर घिसिङ (मध्यम)
चितवन मेडिकल कलेजमा उपचाररत घाइते
बलेरो गाडीमा सवार नवलपुर गैडाकोट नगरपालिका–८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)
पुरानो मेडीकल कलेजमा उपचाररत
रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)
सोहि ठाउँ बस्ने बर्ष ३६ को दिबेश शाक्य (मध्यम)
बलेरो गाडीमा सवार रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामी (मध्यम)
रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम)
रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)
सोहि ठाउँ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम)
रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम)

