रत्ननगर, साउन २७ ।
रत्ननगरको जयमंगलामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई हार्पिक र फिनेल बनाउने तालिम दिइएको छ । लायन्स क्लब अफ रत्ननगर लेडिज र विद्यालयको संयुक्त आयोजनामा ३५ जना विद्यार्थिलाई एक दिने हार्पिक र फिनेल बनाउने तालिम दिइएको हो ।
बिधार्थीहरुलाई जीवनाेपयाेगी सीप सिकाई आय आर्जन क्षमता बृद्धि गर्ने र व्यवहारीक शिक्षा प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको क्लबकी अध्यक्ष भगवती देबकाेटाले जानकारी दिइन् । वडा नम्बर १३ का वडाध्यक्ष पाेट बहादुर घिमीरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अनिता पाैडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष ईश्वर खनाल ,क्लबका डिष्ट्रीक एक्जुकेटीभ चिफ योगेन्द्र नाथ अधिकारी , रिजन चेयर पर्सन भिम बहादुर नेपाल , गेस्ट जोन चेयर पर्सन चन्द्रिका महत केसी, इश्वर खनाल, चन्द्रकला पनेरू , विरन्जना घिमिरे,पूर्व बिधार्थी समाज अध्यक्ष सम्झना भट्ट,बरिष्ट उपाध्यक्ष ध्रुब खनाल, सदस्य ईन्दु तिबारी , लक्ष्मण पाैडेल लगायत शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

