काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् ।
‘सरकारको लक्ष्यअनुसार आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन्,’ उनले भने । यस्तै, प्रतिव्यक्ति विद्युत खपत दुई वर्षअघि २३५ युनिट थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ । यस्तै, विगत दुई वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले जानकारी दिए । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको उनको भनाइ छ ।
साथै विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ। बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० मा सो नाफा कमाएको जानकारी गराएका छन्। साथै अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको उनले बताए। साथै, प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिरकणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए।
आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो।

