
खैरहनी ।
ड्रिम्स डान्स स्टुडियो द्वारा आयोजित चितवन डान्स स्टार सिजन २ को उपाधी गबै स्कुलका सोनम महतो र रोशनी पहारिले जितेका छन् , त्यस्तै दोश्रोमा नेपाल आदर्शका खुशी खरेल, तृतीय गबै स्कुलका इच्छा र सेजल भएकी छिन । पब्लिक च्वाईस एवार्ड बिपिका चौधरी र श्रेष्ठ सिस्टर ले जितेकी छिन ।
रत्ननगर १४ मा रहेको ड्रिम्स डान्स स्टुडियोले बिगत ३ महिना देखि चितवन डान्स स्टार सिजन २ कार्यक्रम संचालन गर्दै आएको थियो । १७ बर्ष मुनिका सहभागीहरु समेटी विद्यालय स्तरमा संचालन भएको कार्यक्रममा सुरुमा ६ सय ४० जनाको सहभागिता रहेको थियो , पहिलो चरणमा उत्कृष्ट ३० छनौट भएकोमा दोश्रो चरणमा उत्कृष्ट १० छनौट भएका थिए । उत्कृष्ट १० मध्ये बाट ग्राण्ड फिनाले मार्फत प्रथम, दोश्रो र तेश्रो छुट्टाईएको ड्रिम्स डान्स स्टुडियोका संचालक अन्जित बोहराले जानकारी दिए ।
ग्राण्ड फिनाले कार्यक्रममा खैरहनी नगरपालिका को उपप्रमुख कविता उप्रेती प्रमुख अतिथि रहनुभएको थियो , बिजेतालाई प्रमुख अतिथिको हात बाट प्रमाण पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरिएको थियो ।