चितवन । चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीका ३० बर्षका सुरेश सुबेदीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी सुरु गरिएको सहयोग संकलन अभियान तिब्र बनाइएको छ । असारको पहिलो साता अत्यधिक ज्वारो आउने र टाउकाे दुख्ने समस्या भै अस्पताल लगिएकोमा दिमागमा पानी जमेकाे कारण अप्रेशन गरिएको र लामो समय बिरामी लाई अस्पताल नै राखेर उपचार गर्नु पर्ने र ठूलो रकम आबश्यक हुने डाक्टरले बताएपछी सामाजिक संस्था साबिक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाजको अगुवाइ र संचारकर्मी लक्ष्मण गौतमको अगुवाइमा सुरेश सुवेदी बचाउ अभियान सुरु गरिएको हो ।
साउन ६ गते वाट सुरु गरिएको अभियानमा हाल सम्म करिव ४ लाख रुपैयाँ रकम संकलन भएको जनाइएको छ । हाल देशका विभिन्न स्थान बाट तथा चितवनमा घर भै विभिन्न देशमा रहनु भएका नेपालीहरु बाट अभियानको सहयोगका लागि दैनिक रुपमा सहयोग आउने गरेको हो । सुवेदीको पारिवारिक अबस्थामा कमजोर रहेको र उपचारका क्रममा आफन्तले खोजेर ल्याएको करिव ३ लाख रुपैया सकिएको र डाक्टरले करिव १० लाख लाग्ने बताएपछी सहयोग अभियान सुरु गरिएको हो । भरतपुर अस्पताल न्युरो सर्जरी वाड बेडमा राखी उपचार गरिएका बिरामी सुवेदीको स्वास्थ्यमा उल्लेख सुधार हुँदै आएको छ । सहयोगका लागि सहयोगदाताले बिरामीकि बहिनी सुमित्रा सुवेदीको माडी बसन्तपुरमा रहेको ग्लोबल आइ एम इ बैक खाता नम्बर 21007010099387 तथा इसेवा नम्बर 9865383118 मा समेत रकम जम्मा गर्न सकिने जनाइएको छ ।

