रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ ले नगरमै पहिलो पटक वडाबासीलाई नागरिका वडापत्र वितरण गरेको छ । एकघर एक वडापत्रको अबधारण अनुसार वडाभित्रका सबै घरधुरीलाई नागरिक वडापत्र वितरण गरिएको हो । टोल विकास संस्था मार्फत वडाबासीको घरघरमा पु¥याउने योजना अनुरुप विहीबार टोल विकास संस्थाका अध्यक्षहरुलाई वडापत्र हस्तान्तरण गरिएको छ । वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा वडाध्यक्ष आशिक तामाङले १९ वटा टोल विकास संस्थाका अध्यक्षहरुलाई घरधुरी संख्याका आधारमा वडापत्रको हातेपुस्तिका हस्तान्तरण गरेका छन् ।
वडापत्रमा नगरपालिका तथा वडा कार्यालयले प्रदान गर्ने सेवा, प्रशासनिक कामका लागि आवश्यक पर्ने कागजात, न्यायिक सम्पादनमा आवश्यक पर्ने कागजात, स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा र आवश्यक काजजात, वडाभित्रका सामाजिक संघसंस्था तथा जनप्रतिनिधि, दमकल, स्वास्थ्यसंस्था, एम्बुलेन्सको सम्पर्क नम्बर समेत समावेश गरिएको छ । सो अबसरमा वडाध्यक्ष तामाङले प्रशासनिक काममा वडाबासीले भोग्दै आएको समस्या सामधानको लागि नागरिक वडापत्रको हातेपुस्तिका तयार गरी वितरण गरिएको बताए । प्रत्येक घरधुरीमा नागरिक वडापत्र पु¥याएर त्यसको अध्ययन गर्न प्रेरित गरिने बताए । वडामा सिफारिस लिन आउदा कागजात नपुगेर सेवाग्राहीले हैरानी खेप्दै आएका छन् उनले भने वडापत्रमा आवश्यक पर्ने कागजातको विवरण प्रष्ट उल्लेख गरिएको छ, घरमै भएको वडापत्र हेरेर वडा कार्यालय आउन सक्ने बाताबरण बनाउन खोजिएको हो । वडापत्रसंगै महत्वपूर्ण सम्पर्क नम्बरहरु समेत नागरिक वडापत्रको हातेपुस्तिकामा राखिएको छ ।
वडाबासीको सहजताको लागि दमकल,एम्बुलेन्स,अस्पताल र जनप्रतिनिधिहरुका सम्पर्क नम्बर समेत राखिएको वडाध्यक्ष तामाङले बताए । वडाको महत्वपूर्ण दस्ताबेजका रुपमा हामीले यसलाई प्रकाशन गरेका छौं तामाङले भने यो वडाको सम्पतीको रुपमा रहनेछ । नागरिक वडापत्र प्रकाशनको लागि समिति समेत बनाइएको थियो । समितिका सदस्य तथा छाहारी टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद लम्सालले महत्वपूर्ण भूमिका खेलेका थिए । हस्तान्तरण कार्यक्रममा वडासदस्य लीलादेवी पोखरेल, इमप्रसाद पन्त, रुकमाया परियारको समेत सहभागिता रहेको थियो । वडासचिव रुपबहादुर पण्डित क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रममा पुष्पाञ्जली टोल विकास संस्थाका उपाध्यक्ष केशबराज पाण्डे, अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष पुरुषोत्तम कट्टेल,छाहारी टोल विकास संस्थाका अध्यक्ष लम्साल लगायतले मन्तव्य राखेका थिए । सो वडामा १ हजार ६४५ घरघुरी रहेका छन् । वडाबजेटबाट दुई हजार प्रति नागरिक वडापत्र प्रकाशन गरिएको थियो ।

