रत्ननगर, साउन १४ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले फेला पारेको मोबाइल सम्बन्धित ब्यक्तीलाई हस्तान्तरण गरेको छ । प्रहरीले आइतबार १५ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । चोरी तथा हराएको मोबाइल धनिले प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा फेला परेको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको इप्रका टाँडीका प्रमुख डिएसपी अनिल कुमार खड्‌काले बताए । प्रहरीले कबिता आचार्य,विपीन भट्ट, अवि अधिकारी,कृष्ण बहादुर लामा,सरोज ठाकुर,सृष्टी रिमाल,रमेश चौधरी, प्रेम ढकाल, सन्तोष खत्री क्षेत्री, विरेन्द्र महतो,जेनिस अधिकारी,सानु क्षेत्री,सिताराम पोख्रेल,अमृता धमला र रुपा अधिकारीलाई मोबाइल हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार