चितवन, साउन ११ ।
खैरहनी नगरपालिका वडा नं २ मा रहेको जनजीवन माध्यमिक विद्यालय सञ्चालित रुपान्तरण परियोजनाले विद्यालयको अबस्था फेरिएको छ । २०७५ सालमा सुरु भएको त्रिवी रुपान्तरण परियोजनाले विद्यार्थीहरुको अध्ययनलाई आयआर्जनसंग जोडेको छ । आर्थिक रुपमा कमजोर मानिदै आएको सामुदायिक विद्यालयलाई आयआर्जन मार्फत सवल बनाइएको छ । आयआर्जनबाट भएको आम्दानी विद्यार्थीहरुको शिक्षामा खर्च गरिदै आएको छ । सो परियोनाले विद्यालयको अबस्था सुधार्न पाँचवटा क्षेत्रमा काम गरेको छ । विद्यार्थीलाई पौष्टिक आहार, इकोसान शौचालय, उद्यमशिलता, विद्यालयमा करेशाबारी र सीपमा आधारित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालनमा रहेको विद्यालयका अध्यक्ष विकासचन्द्र अर्यालले जानकारी दिए ।

पोषण कार्यक्रम अन्तर्गत विद्यालयमा जंगफुड निषेध गरी दिवाखाजामा विद्यालयमै उत्पादित खाद्यबस्तुहरु प्रयोग गर्दै आइएको छ । उद्यमशिलता कार्यक्रम अन्तर्गत विद्यालयका आडैमा च्याउ खेती र माछापालन गरिएको छ । विद्यालयमा करेशाबारी छ । करेशाबारीबाट उत्पादन भएको तरकारी र च्याख तथा माछापालनबाट भएको आम्दानी विद्यार्थीहरुको शिक्षामा खर्च गरिदै आएको अध्यक्ष अर्यालले बताए । विद्यालयमा इकोसान शौचालन छ । त्यहाबाट निस्किने पिसाबको सही सदुपयोग गरी करेशाबारीमा मलको रुपमा प्रयोग गरिदै आएको छ । सो विद्यालयमा परियोजनाले सञ्चालन गरेका कार्यक्रमहरुबाट भएको आम्दानीले विद्यालय चलेको छ । शैक्षिक अबस्थामा सुधारआएसंगै सो विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दो छ । बुधबार सो विद्यालयमा सञ्चालित रुपान्तरण परियोजनाद्धारा सञ्चालित कार्यक्रमहरुको समीक्षा गर्दै अनुभव आदान प्रदान गरिएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी रुपान्तरण परियोजनाले सामुदायिक विद्यालयको अबस्था सुर्धान गरेको प्रयासको समीक्षा गरिएको हो । त्रिवी रुपान्तरण परियोजनाका संयोजक प्रा.डा. भीमसेन देवकोटाले विद्यालयमा परियोजनाको उद्देश्य र विद्यालयमा आएको परिर्वतनका बारेमा प्रकास पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाले अध्यायन र आयआर्जनको पाटोलाई संगसंगै लगेर जनजीवन मावि उदाहरणीय बनेको बताए । रुपान्तरण परियोजनाले जनजीवन माविमा गरेको कामलाई अन्य सामुदायिक विद्यालयले पनि अनुसरण गर्न आवश्यक रहेको बताए । जनजीवनमा गरेजस्तो काम गर्न चाहने अन्य विद्यालयलाई स्थानीय सरकारले सहयोग गर्ने बताए ।

विद्यालयकी प्रधानाध्यापक अन्जना आचार्यले परियोजना सञ्चालन भएपछि विद्यालयको शैक्षिक तथा भौतिक अबस्थामा परिर्वतन आएको बताइन् । कार्यक्रममा त्रिवीका सहप्रध्यापक विष्णु खनाल, वडा नं २ का वडाध्यक्ष रोहिणीप्रसाद उप्रेती, निर्वतमान वडाध्यक्ष टीकादत्त इटनी, सो विद्यालयका पूवप्रधानाध्यापक गोपाल शर्मा पौडेल लगायतले मन्तव्य राखेका थिए । विद्यालयका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक तेजराज अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार