रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही साउन ११ गते रक्तदान कार्यक्रम गरिने भएको छ । सौराहा बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिबसको अबसरमा राज मेडिकल हल परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । सो सहकारीको आयोजनामा लायन्स क्लव अफ चितवन सौराहा, लायन्स क्लव अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लव अफ कम्यूनिटी हेल्प, स्वास्थ्य तथा वाताबरण सरोकार समाज नेपाल र ब्लड डोनर सोसाइटी नेपालको सहआयोजनामा खुल्ला रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
स्वास्थ्य तथा वाताबरण सरोकार समाज नेपालका अध्यक्ष राजेन्द्र प्रसाद खरेलले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरिएको बताए । सौराहामा घुम्न आउने आन्तरिक पर्यटकलाई समेत रक्तदानमा सहभागी गराउने गरी तयारी व्यापक गरिएको उनले बताए ।

