एजेन्सी : फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ । आज आइतवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हराएको हो । प्रतियोगिताको तेस्रो वरीयता प्राप्त स्विडेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।
दक्षिण अफ्रिकाले हिल्डाह मागाइआको गोलले ४८ औं मिनेटमा अग्रता लिएको थियो । फ्रिडोलिना रोल्फोले ६५ औं मिनेटमा स्वीडेनका लागि बराबरी गोल फर्काइन् । यस्तै, ९० औं मिनेटमा एमन्डा इलिस्टेडले गोल गरेपछि स्वीडेनले अन्ततः खेलको नतिजा २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस जितसँगै स्विडेनले समूह ‘जी’ मा सुरुआती अग्रता पनि लिएको छ ।