भरतपुर । रोट्रयाक्ट क्लव अफ नारायणी मिड टाउनको १७ औं पद हस्तान्तरण कार्यक्रम भरतपुर स्थित होटल सिराईचुलिमा सम्पन्न गरिएको छ । बर्ष २०२२/२३ का अध्यक्ष हरि वहादुर बिकले बर्ष २३/२४ का अध्यक्ष बिनोद श्रेष्ठलाई पद हस्तान्तरण गरेको उक्त कार्यक्रममा निर्वाचित डिआरआर बिक्रम क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । गेस्ट अफ अनरको रुपमा अभिभावक क्लवका अध्यक्ष अर्पना प्रधानको उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत बर्ष २२/२३ का अध्यक्ष बिकले आफ्नो कार्यकालमा सहयोग प्रदान गर्ने सदस्यहरुलाई सम्मान प्रकट गर्दै मायाको चिनो दिएका थिए । त्यस्तै नया अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । क्लवले शैक्षिक सहकार्यको लागी बेस्ट डेस्टिनेसन एजुकेसन प्रालि लाई चयन समेत गरेको छ ।

नारायणगढमा रहेको रोट्रयाक्ट क्लव अफ नारायणी मिड टाउनले देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा आफ्नो स्थान बाट सकेको योगदान प्रदान गर्दै आईरहेको सो संस्थाले युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपुर्ण कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार