रत्ननगर । पूर्वी चितवनको रत्ननगरका महिलाहरुलाई शनिबार सकरात्मक उर्जा प्रबोधन सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा नं १ मा रहेको नवदुर्गा आमा समुहले आयोजना गरेको सो कार्यक्रममा सहभागी महिलाहरुलाई जीवन जिउने कला तथा सकरात्मक सोचको विकासका लागि अबलम्बन गर्नुपर्ने जीवन पद्दतीका बारेमा प्रशिक्षण दिइएको थियो ।

समुहमा आबद्ध महिलाहरुलाई जीवन जिउने कलाको विषयमा प्रशिक्षण दिएर जीवनशैलीलाई सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आमा समुहकी अध्यक्ष संगिता खनालले बताइन् । करिब ७० जना महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा अनुभवि प्रशिक्षक जगदिशचन्द्र शर्माले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरकी सचिव अनिता अर्याल र आमा समुहकी सल्लहाकार शरला सुवेदीले जीवनलाई सार्थक बनाउन सकारात्मक सोचको विकास हुनुपर्ने बताएका थिए । बाल कल्याण संस्था नेपालका अध्यक्ष पुरुषोत्तम खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा आमा समुहकी उपाध्यक्ष चन्द्रिका केसी महतले स्वागत मन्तव्य राखेकी थिइन् । आमा समुहकी अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रम सचिव सन्तोषी राई चौधरीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार