रत्ननगर, साउन ५ ।
नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा रत्ननगरमा रक्तदान कार्यक्रम गरिएको छ । तरुण तथा युवा परिचालन विभाग चितवनले रत्ननगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रत्ननगरको निपनीमा रहेको होटल स्टार चितवनमा गरिएको कार्यक्रममा १०५ युनिट रगत संकलन भएको युवा परिचालन विभागका संयोजक अजय महत (सनम)ले बताए । कार्यक्रममा ८ जना महिला सहित १०५ जनाले रक्तदान गरेको महतले जानकारी दिए ।

रक्तदान कार्यक्रमका रत्ननगरका मेयर प्रलाद सापकोटा,कांग्रेसका जिल्ला सभापती राजेश्वर खनाल, उपसभापती राजीव न्यौपाने, शालिकराम शर्मा, सचिव सुर्य अर्याल, ध्रुवराज अर्याल, जिल्ला सह सचिव दिनेश अधिकारी, कांग्रेस खैरहनी सभापती गुणराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार