रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको स्काइराइडर आबासीय माविमा मंगलबार कविता बाचत प्रतियोगिता गरिएको छ । कक्षा १२ बिज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थी सहभागी सो प्रतियोगिता शालिन तिमल्सिना प्रथम, रिजन थापा द्वितीय, सिम्रन चौधरी तृतीय, विकल्प खतिवडा सान्त्वना भएका थिए ।
कार्यक्रममा सहायक प्राचार्य केशवराज पाठकले नगद पुरस्कार वितरण गरेका थिए । राजेश घोशको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायकहरु गंगा ढुङ्गाना, एकदेव अधिकारी, गंगा ढकाल रहेका थिए । कार्यक्रम राज अर्याल सञ्चालन सञ्चालन गरेका थिए ।

