रत्ननगर । पूर्वी चितवनको रत्ननगर १० स्थित बैरिया मावि परिसरमा मंगलबार बृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याको आयोजना तथा लायन्स क्लव अफ चितवन नेशनल पार्क, लायन्स क्लव अफ चितवन टाइगर र लायन्स क्लव अफ चितवन शक्तिखोर सहआयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लायन्स क्लवका पदाधिकारी तथा सदस्यहरु, अगुवाहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले विभिन्न जातको विरुवा रोपेका थिए । लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याका अध्यक्ष जनकराज पन्तले क्लवको उद्देश्य अनुसार नै सामुदायिक विद्यालय परिसरमा बृक्षरोपण गरिएको बताए ।
हरियाली बाताबरणमा विद्यार्थी समाउन सक्ने अबस्थाको र्सिजना गर्न सामुदायिक विद्यालय छनौट गरी विरुवा रोपिएको उनको भनाई छ । लायन्स क्लवका डिष्ट्रिक एजुकेटिभ चिफ निरज श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा क्लस्टर चिफ मधुर नेपाल, विद्यालयका प्रधानाध्यापक यवराज शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याका अध्यक्ष जनकराज पन्तको अध्यक्षतामा भएको थियो ।

