रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचारकोषबाट दस महिनामा ४० जनाले सेवा लिएका छन् । अतिविपन्न नगरबासीको उपचारको लागि सो नगरपालिकाले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अति विपन्न परिवारका विरामीको उपचारमा आर्थिक सहयोग गरिएको मेयर प्रलाद सापकोटाले बताए ।

सो नगरपालिकाले कार्यविधि बनाएर चालु आर्थिक बर्षको भदौं महिनाबाट कोष सञ्चालन गरिएको थियो । कोषको कार्यविधि अनुसार एउटा विरामीलाई १० हजार रुपैया सम्म उपचारका लागि दिने व्यवस्था गरिएको छ । आवश्यकता अनुसार रकम थप गर्ने विपल्प खुल्ला गरिएको मेयर सापकोटाले बताए । शल्यक्रिया गर्नुपर्ने विरामीलाई जनही २० हजार रुपैया सम्म प्रदान गरिएको छ । १० हजार बन्दा बढी पाउने विरामीको संख्य तीन जना रहेका छन् ।

वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको छ । ३७ जना विरामीको उपचारको लागि जनही १० हजार र तीन जना विरामीको उपचारको लागि जनही २० हजार रुपैया कोषबाट प्रदान गरिएको मेयर सापकोटाले बताए । कोषबाट अहिले सम्म २ लाख ५० हजार रुपैया खर्च भएको छ । मेयर प्रलाद सापकोटाले अतिविपन्नको स्वास्थ्य उपचारको लागि चालु आर्थिक बर्षमा बजेट विनियोजन गरी कोष स्थापना गरेका हुन ।

आर्थिक अभावका कारण कसैले ज्यान जानु हुँदैन उनले भने गरिब तथा विपन्नको उपचारको लागि कोष स्थापना गरेका हौं । त्यसैगरी सो नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । चालु आर्थिक बर्षमा ३ हजार २०० घरधुरीको निःशुल्क बिमा गरिएको मेयर सापकोटाले बताए । विपन्न समुदायको उपचारको लागि स्वास्थ्य बिमा र आकस्मिक उपचारको लागि कोष स्थापना गरिएको मेयर सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर