चितवन : चितवनका दुग्ध किसानहरु आन्दोलित बनेका छन् । दूधमा प्रतिलिटर दिदै आएको अनुदान बागमती प्रदेश सरकारले कार्यविधिमा दोहोरो पर्ने भन्दै रोकेपछि यहाँका किसानहरुले सशक्त आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय सरकारले अनुदान दिएको सहकारीलाई प्रदेशले पनि दिँदा दोहोरो पर्न जाने भन्दै बागमतीले भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा अनुदान रोकेको थियो । प्रतिलिटर दूधमा भरतपुरले तीन रूपैयाँ, माडीले चार रूपैयाँ र राप्तीले ५० पैसा अनुदान दिँदै आएको छ ।

अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेपछि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ आन्दोलित भएको पत्रकार सम्मेलन मार्फत संघका अध्यक्ष किशोर बगालेले बताए । तीनवटा पालिकाका ७० सहकारीलाई १० करोड रूपैयाँ अनुदान दिने भनेर छुट्याइएको बजेट अन्तिम समयमा कटौती गरिएको जनाएको थियो । किसानलाई कृषि पेसामा टिकाउनका लागि कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्छ नत्र कृषि मन्त्रीले राजीनामा दिए हुन्छ हामी कडा आन्दोलनमा छौ उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार