१८ असार, रत्ननगर ।
रामु आचार्य ।
रत्ननगर नगरपालिकाले कृषि तथा पशुपालनलाई प्रवर्द्धन गर्ने नीति लिएको बताउदै नगर प्रमुख सापकोटाले रत्ननगरको किसानको हक हितका लागी आफु लागी पर्ने बताएका छन् । रत्ननगर नगरपालिका प्राङ्घढमा आयोजित हार्भेस्टर हस्तान्तरण कार्यक्रममा उँहाले यस्तो बताउनु भएको हो ।

रत्ननगर नगरपालिकाले मेयर सापकोटाको पहलमा आज रत्ननगर-६ मा रहेको माँ भवानी कृषि तथा पशुपालन फर्मलाई अत्याधुनिक घास काट्ने मेसिन हार्भेस्टर हस्तान्तरण गरेको छ । ५० प्रतिशत लागत अनुदानमा सो मेसिन हस्तान्तरण गरिएको हो ।

सोहि कार्यक्रम मा बोल्दै उंहाले स्मरण गर्नुभयो “सडक निर्माण अन्तर्गतको अनुगमनमा जाने क्रममा आफुले सो पशु फार्म देखे पछि एक्लै हिम्मतका साथ १ सय २५ भैसी पालन गर्ने किसान प्रति नगरपालिकाको उत्तरदायित्व हुनै पर्छ भन्ने भावका साथ आफुले माँ भवानी कृषि तथा पशुपालन फर्मका संचालक सुदर्शन रिजाललाई भेटेर उँहाकै आग्रहमा हार्भेस्टर हस्तान्तरण गरिएको हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार