मदन अच्छामी
३२ जेठ, भरतपुर ।
चितवनको भरतपुर महानगरपालिका २५ मा नमुना किसान कृषक समुहका महिला कृषक तथा युएसआईडि का प्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ । एड्वानको आयोजनामा भएको कार्यक्रममा युएसआईडि प्रतिनिधि तथा कृषक हरूको सहभागीता रहेको थियो ।
एड्वानले प्रदान गरेको कृषी तालिमले तरकारीमा मलको मात्रा, मौसमी तथा बेमौसमी तरकारी पहिचान , गोडमेलको तवर, खेतीमा व्यवसायीकरण लगायतका धेरै कुराहरु आफुहरुले जानकारी प्राप्त गरेको सहभागीहरुको भनाई थियो । यस्तै आफुहरुको जीवनस्तर सुधार्न तालिमले महत्वपुर्ण भूमिका खेलेको भन्दै सबै महिला दिदीबहिनीहरुले सिकेको सीपलाई प्रयोगमा ल्याएको बताउनुभयो ।
विभिन्न जातजातिको महिलाहरु एकै ठाउमा बसेर काम गरेको देख्दा र थोरै सहयोग लाई पनि ठुलो शक्तिमा परिणत गर्न सफल हुनुभएकोमा युएसआईडिका काउन्सिलर क्लिन्टन ह्वाइटले खुशी व्यक्त गर्नु भएको थियो ।
एड्वानको आयोजना तथा युएसआईडिको सहकार्यमा विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जन सुधारको लागी आधारभूत सिप विकास कार्यक्रम अन्तर्गत करेला र भेण्डि तरकारी खेति सम्वन्धि तालिम, महिला उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन भैसकेको छ ।



