चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिकाको आयोजना तथा सहकारी शाखाको समन्वयमा रत्ननगर नगरपालिकाभित्रका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीका लागि चारदिने लेखापालन तालिम रत्ननगरमा आज (मंगलबार)बाट सुरु भएको छ।
रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख स्वस्तिका अर्यालले संयोजन गरी सञ्चालन भएको उक्त चारदिने तालिममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सहकारीको अवधारणा, मूल्य–मान्यता एवं व्यवस्थापनसम्बन्धमा आफ्नो विचार राखेका थिए ।
रत्ननगर नगरपालिका क्षेत्रका ३० वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र लेखा कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिममा जिल्ला सहकारी संस्था लि.का कोषाध्यक्ष गोविन्दप्रसाद भट्टराईले सहजीकरण गरिरहेका छन्।

