रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा १२ का एकल महिलाहरुलाई नेतृत्व विकास सम्बन्धी तालिम दिइएकाे छ । वडा कार्यालयकाे आर्थिक सहयाेगमा वडास्तरीय एकल महिला समन्वय समितिले आयाेजना गरेकाे साे कार्यक्रममा २० जनाकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुन्दरमणि सुबेदीले तालिमकाे उद्घाटन गरेका थिए । साे अबसरमा उनले महिला सशक्तिकरणकाे लागि लक्षित बर्ग कार्यक्रम अन्तर्गत तालिम गरिएकाे बताए ।
तालिमकाे प्रशिक्षक देवकी गाैतम रहेकी थिईन । वडास्तरीय एकल महिला समन्वय समितिकि संयाेजक उर्मिला पाेखरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पञ्चकन्या आमा समुहकी अध्यक्ष इन्द्रकला न्याैपाने, नगर स्तरीय मेलमिलाप केन्द्रकी काेषाध्यक्ष अनिता अर्याल, नगर स्तरीय एकल महिला समन्वय समितिकि अध्यक्ष गीता देवकाेटा, कार्यपालिका सदस्य चन्द्रकला पनेरु लगायतले मन्तव्य राखेका थिए ।

