रत्ननगर, चैत्र १९ । नेपाल भेटेरिनरी ‌एशाेसिएसन बागमती प्रदेश समितिकाे अध्यक्षमा दीपक तिवारी निर्वाचित भएका छन् ।

चितवनकाे साैराहामा आयाेजना गरिएकाे तेस्राे साधरण सभा तथा अधिवेशन अन्तर्गत भएकाे निर्वाचनबाट तिवारी अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेकाे १७४ मत मध्ये तिवारी ६८ मतका साथ निर्वाचित भएका हुन ।

उनका प्रतिस्पर्धी सुलभ श्रेष्ठले ६५ र याेगेन्द्रराज पन्तले ३९ मत प्राप्त गरेका थिए । एशाेसिएसनकाे उपाध्यक्षमा लाेकप्रिय मतका साथ निमेष खनाल निर्वाचित भएका छन् ।

खनालले ११३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी दीपेश केसीले ५३ मत प्राप्त गरेका छन् । सचिवमा पवन आचार्य ९९ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी आशिष् ढकालले ७२ मत पाएका छन् । सह सचिवमा १०२ मतका साथ हरि अधिकारी निर्वाचित भएका छन् । उनका निटकतम प्रतिस्पर्धी सराेज पराजुलीले ६५ मत प्राप्त गरेका थिए । काेषाध्यक्षमा कला पन्त निर्वाराेध निर्वाचित भएकी छन् ।

कार्य समिति सदस्यमा सराेज विष्ट १४० मत,अशुताेष भट्ट ११२ मत, पुजा बराल १०८ मत, अनिस पाठक ८३ मत, अनुपा श्रेष्ठ ७९ मत, सुवास मैनाली ७९ मतमा साथ विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार