रत्ननगर, चैत्र ३ । रत्ननगरको एक फर्निचर पसलमा आगलागी भएको छ । रत्ननगर ३ मा रहेको सस्तो फर्निचर पसलमा आगलागी भएको हो ।

आगलागीबाट एकाउन्टेन सेक्सनमा रहेको महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आईसकेको छ ।

पावर सकेटमा विद्युत्त सर्टभई आगलागी भएको पसलका सञ्चालक अनिल अधिकारीले जानकारी दिए । आगलागी समयमै नियन्त्रणमा लिएकाले पसलमा रहेका फर्निचरका सामानाहरु जोगिएको उनले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर