चितवन : चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । अस्पतालले आगामी चैत २५ गते आफ्नो ६० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्ता छन् वार्षिकोत्सवका कार्यक्रम

वार्षिकोत्सव अन्तर्गत खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, वार्षिक स्मारिका प्रकाशन तथा विमोचन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान कार्यक्रम, प्रभातफेरी, फलफुल वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मानलगायत थुप्रै कार्यक्रमहरू रहने उनले बताए ।

जसको लागि अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाईएको छ ।

कसरी जन्मियो भरतपुर अस्पताल ?

यस अस्पतालको स्थापना वि.सं. २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्यस्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ । पछि गएर वि.सं. २०२० सालमा महेन्द्र आर्दश चिकित्सालयको रुपमा नामकरण भएको थियो । वि.सं. २०३९ सालमा अस्पताल विकास तथा सहयोग समिति गठनसंगै अस्पतालमा स्थानिय र समुदायको संलग्नता बढेको देखिन्छ ।

महेन्द्र आदर्श चिकित्सालयबाट कहिले बन्यो भरतपुर अस्पताल ?

वि.सं. २०६२/०६३ को ऐतिहासिक जन आन्दोलनपछि यस अस्पतालको नाम महेन्द्र आदर्श चिकित्सालयबाट परिवर्तन भई भरतपुरअस्पताल रहन गएको हो । वि.सं. २०३९ सालमा अस्पताल विकास तथा सहयोग समिति गठनसंगै अस्पतालमा स्थानिय र समुदायकोसंलग्नता बढेको देखिन्छ ।

१५ शय्याबाट शुरु भई ६ सय शय्या भन्दा बढी सञ्चालनमा

त्यस्तैगरी वि.सं. २०५९ सालमा अस्पताल विकास समिति स्थापना भएको थियो । १५ शय्याबाट शुरु भएको यो अस्पताल वि.सं. २०६७सालमा ४ सय १५ शय्या हुँदै हाल करिब ६ सय शय्या भन्दा बढिमा सञ्चालित छ । यस अन्तर्गत नेपाल सरकारको ३ सय शय्या रअस्पताल विकास समिति अन्तर्गत ३ सय शय्या सञ्चालनमा छ ।

०७५ चैत देखि विशिष्ट विशेषज्ञ सेवा सहितको केन्द्रीय अस्पताल

नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल बिशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपालसरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति वि.सं. २०७५ चैत ३ गतेकोनिर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ । यो अहिले केन्द्रीयअस्पताल बनेको छ ।

मध्य नेपालको आशाको केन्द्र भरतपुर अस्पताल

नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

कस्तो छ अस्पतालको भविष्य ?

यस अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकासगर्न सकिने सम्भावना बोकेको छ । अस्पतालको निर्माणाधिन भवन पुरागरी बाँकी भवन निर्माण तथा पूर्वाधार विकासको काम शुरुवातगर्दै गुरुयोजनालाई पुरा गर्ने योजनामा अस्पताल रहेको छ ।

गुणस्तरीय सेवा प्रदान गर्ने भरपर्दो सरकारी अस्पताल

सिटि स्क्यान, एमआरआई, क्याथल्याव लगायतका आधुनिक उपकरणहरु जडान गरि सबै प्रकारका सेवाहरुलाई प्रभावकारी बनाउने, ढल, फोहरमैला आदीको वैज्ञानिक तरिकाले व्यवस्थापन गरि सफा अस्पताल बनाईने अस्पतालले जनाएको छ । अस्पताललाई स्वास्थ्यविज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने । भविष्यमा अस्पतालको सम्भावनाको अध्ययन गरि रणनैतिक योजना बनाई आम नागरिककोलागि गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो सरकारी अस्पतालको रुपमा विकास गर्ने अस्पतालको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर