चितवन : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा माडीका एकजनाको भएको छ ।विमानको चालक दलको सदस्य रहनुभएका माडी–८, दक्षिण अयोध्यापुरी निवासी बिमान परिचारिका (एअर होस्टेस) ओसिन आलेमगरको दुर्घटनामा दुःखद् निधन भएको हो ।
चालक दलका चार जनामध्ये एकरहेकी एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्समा जागिरमा नियुक्त भएकी थिईन् । उहाँले केही वर्षअघि सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी थिइन् ।
टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्थिन् । । ओसिनको दुःखद् निधन भएसंगै आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा शोक छाएको छ ।

