चितवन, पुस ३०
माघ २० गतेदेखि देशव्यापी सञ्चालनमा आउन लागेको चलचित्र ह्यारी की प्यारीको मोफसल टुर चितवनबाट सुरु भएको छ l चलचित्रको मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, चचिर्त हास्यकलाकार जितु नेपाल छन् । विजय बराल, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ ।

चलचित्रमा नायकको भूमिकामा रहेका कलाकार जितु नेपालले परीक्षा राम्ररी दिएकाले राम्रो अंक सहित पास हुने बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कथा अनुसारको पात्रका रुपमा आएको छु, फरक लुक्स र फरक चरित्रमा दर्शकले हेर्न पाउनेछन् ।”

जितु नेपालले हास्यकलाकारको भूमिका भन्दा पनि गहन कथामा अभिनय गरेको दाबी गरे । सहअभिनेताका रुपमा धेरै फिल्मबाट अवार्ड पाएपनि मूख्य भूमिकामा रहेको ह्यारी की प्यारीले आँफुलाई युर्टन गर्न सक्ने अपेक्षा लिएको बताए । नायिका साम्रात्री राज्य लक्ष्मी शाहले रोमान्टिक तथा कमेडियन चलचित्र भएको बताइन् । “यो फिल्म आँफैमा धेरै राम्रो बनेको छ”, उनले भनिन्, “हामीले मिहेनत गरेका छौँ, अब दर्शकको मन जित्नमात्रै बाँकी छ ।”

चर्चित गीतकार, निर्माता तथा चिकित्सक डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेका छन् । दन्त चिकित्सक रिजालको यो पहिलो चलचित्र हो । अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर