चितवन : राप्ती नगरपालिका भित्र रहेका विद्यालयहरुलाई सचेतनामुलक पाठ्यसामग्री हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिका ,जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय भण्डाराको सहकार्यमा यहाँका सामुदायिक र संस्थागत विद्यालयहरुलाई पाठ्यसामग्री प्रदान गरिएको हो । राप्ती नगरपालिकामा शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख शमशेर लामाले विद्यालयका प्रधानाध्यापक तथा प्राचार्यलाई सचेतनामुलक पाठ्यसामग्री प्रदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका स्थानीय तहसंग सहकार्य गरेर यो अभियान संचालन गरिरहेको छ । यस अघि भरतपुर ,रत्ननगर,खैरहनी र कालिका नगरपालिकामा पाठ्यसामग्री हस्तान्तरण गरिसकेको छ । अब माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाठ्यसामग्री हस्तान्तरण गर्न बांकी छ ।

सामाग्री हस्तान्तरणका अवसरमा राप्ती नगरपालिका प्रमुख शमशेर लामाले पाठ्यसामग्रीले सुरक्षाको बलियो आधार तयार हुने बताए । साथै विद्यार्थीको आधारभूत सुरक्षा सचेतना समेत वृद्धि हुने उनको भनाई थियो । नगर प्रमुख लामाले पाठ्यसामग्री लागू भए पछि जोखिमका क्षेत्र पहिचान गरि काम गर्न सहज हुने पनि बताए । राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले पाठ्यसामग्रीले समाजमा हुने बिकृती न्यूनीकरणमा मद्दत पुग्ने बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार