चितवन । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । आफू सवार ना २ ख २३८२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

विश्वकर्मा “आहुती” नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ठ पार्टी नेपालका केन्द्रिय सदस्य, जात व्यवस्था उन्मुलन मोर्चा नेपालको केन्द्रिय सचिव तथा बागमती प्रदेश अध्यक्ष थिए । उनि कुशल राजनीतिज्ञ, कलाकर्मी, साहित्यकार, रेडियोकर्मी थिए उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए। उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित थियो । उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य रहेका थिए । राष्ट्रिय दलित पत्रकार संघ चितवनले घटनाप्रति दुःख व्यक्त गर्दै संघका अध्यक्ष अमिर रामदामले शोक वक्तव्य जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार