चितवन । चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेशसभा दुबैमा गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधि सभामा ३ हजार ४ सय ३८ मत गणना गर्दा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका विश्वनाथ पौडेलले १ हजार १ सय २१, रास्वपाका हरि ढकाल १ हजार ९१ त्यस्तै एमालेका सुरेन्द्र पाण्डेले ८ सय ३४ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश सभामा १ हजार ४ सय ७ मत गणना गर्दा गठबन्धनका तर्फ बाट एकीकृत समाजवादीका कृष्ण खनालले ५ सय १८ , एमालेका प्रकाश खनालले ४ सय ८८ र राप्रपाका बलराम खनालले २ सय ३९ मत प्राप्त गरेका छन् ।
जिल्लाको क्षेत्र नं १ मा १ लाख ३९ हजार ८ सय ४५ मतदाता रहेकोमा ६८.७३ प्रतिशत मत खसेको छ ।

