काठमाडौं : सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरूको जित सुनिश्चित भएको दाबी गरेको छ । विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् ।

उनीहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्। आगामी निर्वाचनबाट विघटनकारी तथा प्रतिगमनका पक्षधरहरूको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । अपिलमा भनिएको छ, ‘देशको संविधान, कानून, विधि र प्रक्रिया उल्लंघन गरी दुई-दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’ उनीहरूले कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबीसमेत गरेका छन्। उनीहरूले चुनावलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी हुन आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर