२७ कार्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घरदैलो कार्यक्रममा प्रयोग गरेको गाडी तोडफोड भएको छ । आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।
रवि लामिछानेले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप समेत लगाएका छन् ।

