रत्ननगर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले मंसिर ११ गतेपछि सुकुमबासीलाई लालपूर्जा वितरणको काम सुरु हुने बताएका छन् ।
चुनावी अभियान अन्तर्गत रत्ननगर १३ जयमंगलामा आयोजित कोण सभामा प्रदेश सभा सदस्य पदका उम्मेदवार खनालले रत्ननगरका अधिकांस सुकुमबासीलाई निस्सा वितरण गरिसकिएको र चुवान सकिए लगतै लालपूर्जा वितरण गर्नेछौं । मंसिर ७ गतेसम्म आचारसंहिताले दिँदैन उनले भने सम्भवत मंसिर ११ गतेबाट लालपूर्जा वितरणको काम सुरु गर्नेछौं ।
निर्वाचित भएपछि जनताले दिएको मतको दुरुपयोग गर्ने भन्दै उनले पदमा हुँदा वा नहुँदा पनि आफु जनताकै सेवामा सर्मपित रहने बताए । उम्मेदवार खनाल सहित शुक्रवार नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.विश्वनाथ पौडेलले रत्ननगरको वडा नं १३,१४,१५ र १६ का जनतासंग भेट मागेका छन् ।
भोट माग्न जनताको घरदैलोमा पुगेका पौडेल र खनाललाई स्थानीयले स्वागत गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेल र खनालले यहाँका चोकचोकमा कोणसभा गरी योजना सुनाएका छन् ।

