रत्ननगर । रत्ननगर जेसीजले साप्ताहिक रुपमा समुदाय केन्द्रित कार्यक्रमको आयोजना गरी मनाईरहेको जेसिज सप्ताह अन्तर्गत आज दोश्रो दिनमा कृष्णमन्दिर टिकौलीमा फलफुल वितरण, न्यानो कपडा वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका रत्ननगर १० का अध्यक्ष कलाधर पौडेलले रत्ननगर जेसिजले गरेको सामाजिक कार्यले समुदायमा सकारात्मक संदेश प्रवाह गरेको बताउनु भयो । अमित गुप्ताको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रत्ननगर जेसिजका पुर्व अध्यक्ष दिपेन्द्र शर्मा , जेसिज सप्ताह मूल संयोजक दिलिप सुवेदी लगायतले बोलेका थिए । कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२२ का अध्यक्ष उपेन्द्र शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
जेसीज सप्ताह अन्तर्गत हिजो को पहिलो दिन उद्घाटन तथा राजमार्ग मा जेसिज को स्वागत बोर्ड को स्थापना गरिएको थियो । सप्ताह अन्तर्गत भोलि मङ्सिर २१ गते नेपाल नमुना माध्यमिक विद्यालयमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता, गामबेसिको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम, मङ्सिर २२ गते मानव सेवा आश्रम भरतपुर र असाहय वृद्ध कल्याण समाज रत्ननगर १३ मा खाना खुवाउने कार्यक्रम, मङ्सिर २३ गते बकुलहरमा ट्राफिक सचेतना कार्यक्रम, मङ्सिर २४ गते केटाकेटी घर सौराहामा न्यानो कपडा वितरण, मङ्सिर २५ गते शान्तिचोक विद्यालय रत्ननगर ३ र पंचदिप आ.विद्यालय रत्ननगर १२ मा स्टेशनरी वितरण र मङ्सिर २६ गते होटल बेडरक रिसोर्ट निपनिमा अन्तर जेसिज हाजिरीजवाफ कार्यक्रम, उद्योग वाणिज्य संघ सभाहल टाँडीमा रत्ननगर भित्रका अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता त्यस्तै होटल बेडरक रिसोर्ट निपनिमा समापन तथा पुरस्कार वितरण समारोह हुने जेसिज सप्ताह मूल संयोजक दिलिप सुवेदीले जानकारी दिए ।

