चितवन : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको गठवन्धन तीनवटा कामका लागि भएको बताउनुभएको छ । आज यहाँ गोरखा समाज चितवनले आयोजना गरेको गोरखाको समग्र बिकासको योजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संबिधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पुरा गर्न र सम्बृद्ध नेपाल निर्माणका लागि गठवन्धन गरिएको बताउनुभएको हो । उहाँले भन्नुभयो “संबिधान र लोकतन्त्र माथि खतरा बढे पछि वनेको यो गठवन्धनले देशका लागि धेरै काम गर्नु छ ।
प्रतिगमनको खतरा अझै सून्यमा नझरेको बताउँदै उहाँले प्रतिगमन कारिहरुको बिरुद्धमा वनेको गठवन्धनले निर्वाचन जितेर देशको बिकासमा लाग्न आबश्यक रहेको बताउनुभयो । लोकतन्त्र, संबिधान र प्राप्त उपलव्धिको रक्षा गर्दै जनताले अनुभूति गर्ने गरी बिकास गर्नका लागि गठवन्धनको जित आबश्यकता रहेको उहाँको भनाई थियो । शान्ति प्रकृयाका केही अबषेशहरु रहेको भन्दै उहाँले त्यसलाई पुरा गर्नका लागि गठवन्धन आबश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो “द्धन्द्ध पिडितहरुका लागि आयोगहरुले गर्नु पर्ने काम अझै बाँकी रहेको छ । त्यसका लागि गठवन्धनले काम अघि वढाउने छ ।”
जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताउँदै श्रेष्ठले जनतामा निराशा पैदा हुँदा राष्ट्रियता माथि खतरा हुने, राज्य असफल हुने र प्रतिगमनकारीहरु सलवलाउन थाल्ने बताउनुभयो । संबिधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले भन्नुभयो “यो गठवन्धन निश्चित उद्धेश्यका साथ बनेको छ । त्यो उद्धेश्य पुरा गर्छ ।
राजनैतिक उपलव्धिको रक्षा गर्न गठवन्धन कटिवद्ध भएर लाग्ने उहाँको भनाई थियो । राज्यको बिकास र सम्बृद्धिका लागि निर्वाचन हुनु आबश्यक रहेको भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनमा गठवन्धनको पक्षमा लाग्न निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो “काङ्ग्रेस र माओवादीका नेता कार्यकर्ताले गठवन्धनको जितलाई आफ्नो दायीत्व सम्झनु पर्छ ।”निर्वाचन भनेको लोकतान्त्रीक अभ्यासको महत्वपूर्ण कडि भएको भन्दै उहाँले देशलाई नमुना र उदाहारणीय वनाउन गठवन्धन आबश्यक छ भन्नुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले गोरखाको बिकासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी इतिहास साबित हुने बताउनुभयो । गोरखा पर्यटकीय, सामाजिक तथा बिकासका दृष्ट्रिकोणले सम्भावना बोकेको जिल्ला भएको भन्दै उहाँले यसको बिकासका लागि सबै हातेमालो गरेर अघि वढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा लोकतान्त्रीक बाम गठवन्धनका तर्फबाट गोरखा प्रूतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र वजगाई, प्रदश सभा सदस्य पप्रदेश १ (क)का उम्मेदवार कृष्ण प्रसाद धिताल र २ (ख)का उम्मेदवार सुरेन्द्र पाण्डेले काङ्ग्रेस र माओवादी केन्द्र मिलेर बिकास सम्भब कसरी हुन्छ भन्ने देखाउने बताउनुभयो । दलहरु प्रति जनताको आस्था गुम्दै गएको समयमा गठवन्धनले नयाँ आयाम थपेको उहाँहरुको भनाई थियो । समाजका अध्यक्ष ई. भोजराज कौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिब प्रकाश देवकोटाले गोरखाको बिकास र सम्भावनाका बारेमा प्रकाश पर्नुभएको थियो ।

