चितवन : सौराहामा रहेको बछौली माविले धनधान्यान्चल ज्ञान महायज्ञको चन्दादाताहरुको नामावली सहितको स्तम्भ निर्माण गर्ने भएको छ । विद्यालय व्यवस्थापन समितिले शनिबार एक औपचारी समारोहका विच स्तम्भको शिलान्यास गरेको छ । रत्नननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले स्तम्भको शिलन्यास गर्नु भएको हो । मेयर सापकोटाले विधालयको शैक्षिका स्तर सुधारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
स्तम्भ शिलान्यास समारोहमा रत्ननगर नगरपालिकाका विज्ञ सलाहकार रामहरि न्यौपाने, वडा अध्यक्ष किरण महतो , कार्यपालिका सदस्य एवं महिला वडा सदस्य बबिता चौधरी, वडा दोय विरेन्द्र महतो ,गोपि कृष्ण विडारी, पूर्व विधालय व्यवस्थापन समिति सदस्य लोकराज भुसाल, स्तम्भ निर्माण उपभोक्त समिति अध्यक्ष गणेश खतिवडा , विद्यालयका प्रधानाध्यापक शिवराम महरठ्ठा, संघसंस्थका प्रतिनिधि, अभिभावक ,चन्दादाताहरुको सहभागिता रहेको थियो ।
करिव दुई लाख पच्चीस हजार लागतमा तयार पारिने स्तम्भमा चन्दादाताहरुको नामहरु शिलालेख गरिने विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणी खनालले वताए ।
महायज्ञमा १ करोड ५५ लाख ९१ हजार आम्दानी र १८ लाख ८२ हजार रुपैया खर्च भएको र बोलकबोल गरेको ५० लाख ८५ हजार रुपैया उठ्न बाँकी रहेको खनालले वताए । महायज्ञको उद्देश्य अनुसार नै विधालयमा प्राविधिक शिक्षा र अंग्रेजी माध्यममा पढाई सुरु भइसकेको छ । शिलान्यास कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

