कालिका । चितवनको कालिका नगरपालिकामा गठबन्धन दलको सम्पर्क कार्यालय मंगलवार उद्घाटन गरिएको छ । मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी चितवन क्षेत्र नं २ “क” अन्तर्गत सो नगरपालिकाको लाहुरेचोकमा कार्यालय उद्घाटन गरिएको हो ।
काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका जिल्ला संयोजक राजेश्वर खनालले उद्घाटन गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, प्रदेश सभा “क” का लागि माओवादी केन्द्रका तर्फबाट गठबन्धनका उम्मेदवार घनश्याम दाहाल अविनास लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सो अबसरमा गठबन्धनका जिल्ला संयोजक खनालले स्थानीय निर्वाचनमा गठबन्धनको जीत सन्तोषजनक नरहेको भन्दै मंसिर चार गते हुने निर्वाचनको लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे । यो नीतिगत गठबन्धन हो उनले भने यसलाई बजबुत बनाउने सबैको दायित्व पनि हो ।
प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले विपन्न समुदायका जनतालाई काम गरेर खाने अबसर प्रदान गर्न आफुले उम्मेदवारी दिएको बताए । म देश बनाउन र जनतालाई गरिखाने बनाउन चुनाबी मैदानमा आएको छु उनले भने ढुक्क भएर मलाई मतदान गर्नुस ।
प्रदेश सभाका उम्मेदवार अविनासले विकासका अधुरा काम पुरा गर्न उम्मेदवारी दिएको बताए । यो पाँच बर्षमा मैले जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन् उनले भने अधुरा काम अझै बाँकी छन,ति काम गर्न म फेरी मैदानमा आएको हु ।

