चितवन : कांग्रेसका नेता तथा चितवन १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो बागी उम्मेदवारी फिर्ता लिएका छन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा जीवनभर गरेको त्याग, संघर्ष र मेहनेतले स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको बताएका हुन् । कांग्रेसले चितवन १ बाट योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई प्रतिनिधिसभाको टिकट दिएपछि बुर्लाकोटीले उनीविरुद्ध बागी उम्मेदवारी दिएका थिए । उनले विश्वनाथ पौडेललाई नै समर्थन गर्ने बताएका छन् । उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘जीवनभर कांग्रेसमा गरेको त्याग, संघर्ष र मेहनेतका कारण स्वतन्त्र उम्मेदवार बनिरहन सकिनँ। पार्टीले मलाई सम्मानजनक भूमिका दिने व्श्विास दिलाएकोले चितवन क्षेत्र नं। १ रहेको मेरा स्वतन्त्र उम्मेदवारी आजैका मितिदेखि निष्कृय पारेको छु।

