रत्ननगर । खैरहनी नगरपालिकामा रहेको साथीभाई अटोले आफ्नो दोश्रो शो रुम रत्ननगर नगरपालिका १० मा स्थापना गरेको छ । रत्ननगरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी शो रुम संचालनमा ल्याईएको हो । रत्ननगर १० का अध्यक्ष कलाधर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रविनवावु रेग्मी, साथीभाई अटो खैरहनी इन्चार्ज अनुज वि.क. लगाएतको उपस्थिती रहेको थियो ।

शाखा शुभारम्भको अवसरमा दशैँ तिहार अफर अन्तर्गत १० हजार सम्मको छुट, १ बर्ष निशुल्क कर, निशुल्क हेल्मेट, एक्सचेन्ज सुविधा, फाईनान्स सुविधा उपलव्ध रहने संचालक एकराज सेढाईं राजुले जानकारी दिनुभएको छ । साथीभाई अटोले विश्व स्तरमै चर्चित सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटर विक्री गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार