चितवन । चेपाङ अभियान्ता केपी किरण शर्मा सम्मानित भएका छन । गाँमबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष तथा चेपाङ अभियन्ता शर्मालाई असाहाय बृद्ध कल्याण समाज, रत्ननगर-१३, अमिलियाले आज सम्मान गरेको हो ।

शर्माले गरिव तथा असाहय, शिक्षाको उज्यालो ज्योती बाट बन्चित भएका चेपाङ समुदायलाई होस्टलको सुविधा सहित शिक्षा प्रदान गर्नको लागी बिगत डेढ दशक देखि एकाग्रताका साथ लागिरहनु भएको छ । सहयोगी मनहरुले गर्ने सहयोगको कारण उँहाको यो अभियानले सार्थकता प्राप्त गरिरहेको छ ।

बिपन्न चेपाङको शिक्षा र उन्नयनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सो संस्थाको ११औं वार्षिक साधारण सभाको अबसरमा उहाँलाई सम्मान गरिएको हो । शर्मालाई समाजसेवी तथा पुर्व मन्त्री शेषनाथ अधिकारीले सम्मान पत्र र दोसल्लाले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार