चितवन – ट्याङकरले स्कुटरलाई ठक्कर दिंदा चितवनमा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार बिहिवार साँझ अन्दाजी पौने ६ बजेको समयमा भरतपुर -९ स्थिति टिकौली जंगलमा बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको ना ७ ख ३७२३ नम्बरको तेल बोक्ने ट्याङकरले भरतपुरबाट टांडी तर्फ गई रहेको बा ८३ प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा घाइते स्कुटर चालक भरतपुर- ९ गोन्द्राङ बस्ने बर्ष ६१र६२ को प्राण जवारा गम्भिर घाईते भई नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोमा निजको उपचारकै क्रममा साँझ ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले दुबै सवारी साधन र ट्याङकर चालक हेटौंडा ११ नवलपुर बस्ने बर्ष ३८ को तुलाराम मैनाली प्रहरी नियन्त्रणमा रहेका छन।

