काठमाडौं : नेपालमा थप ११९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो। बुधबार थप १३० जना सङ्क्रमणमुक्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल २१९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर