१९ श्रावण, रत्ननगर

लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याको आयोजनामा रत्ननगर १२ सालघारीमा रहेको पञ्चदीप स्कुलमा निशुल्क आँखा जाँच शिविर सन्चाल्न गरिएको छ । क्लवका अध्यक्ष सुबाश पोख्रेलको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी रत्ननगर वडा नं १२ का वडा अध्यक्ष सुन्दरमणी सुवेदी थिए ।

लायन्स क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै समाजमा थुप्रै सामाजिक सेवाका कार्यहरु गर्दै आएकोमा प्रशंसा ब्यक्त गरेका छन । परोपकार भन्दा अर्को कुनै पुण्य नहुने बताउदै कार्यक्रमका प्रमुख अतिथी सुवेदीले क्लवलाई अझ सशक्त भएर लाग्न शुभकामना समेत दिए ।

आँखाको स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन यस्ता शिविरले निक्कै मद्दत गर्ने र समयनै आँखाको सम्स्या पत्ता लागे सो बाट छुटकारा पाइन्छ भन्ने बुझाउन क्लवले शिविरको संचालन गरेको क्ल्वका अध्यक्ष सुबाश पोख्रेलले बताए ।

यस आँखा जाँच शिविरलाई प्राविधिक रुपमा भरतपुर आँखा अस्पातलले सघाएको हो । शिविर बाट पाउने सेवा लिन दुई सय नौ जना सेवाग्राहीको सहभागीता रहेको थियो भने बिस जनामा मोतियाबिन्दु रोग पत्ता लागेको हो । रोग पत्ता लागेका अठार जनाले आजनै सो रोग बिरुद्धको शल्यकृया गर्न आँखा अस्पताल भरतपुरमा सम्पर्क गरेका छन । कार्यक्रमको संचालन क्लबका सचिब जनकराज पन्तले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार