काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको १ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार ४ सय ७३ जनाको पीसीआर र १ हजार ५ सय ६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४ सय ३९ जना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ ।

