१९ असार , रत्ननगर ।
रत्ननगर १ मा रहेको प्रसिद्ध तथा पवित्र धार्मिक स्थल श्री गायत्री हरिहर मन्दिर परिसरमा सरसफाई तथा वृक्षारोपण गरिएको छ । ईभरग्रिन ईको क्लब को आयोजनामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ईभरग्रिन ईको क्लबका पधाधिकारीहरु, श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका विधार्थी तथा शिक्षक लगाएतको उपस्थीती रहेको थियो । ईभरग्रिन ईको क्लबले आगामी दिनमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।



