जनक कार्की
२०७९ असार १९ गते
देशमा बिगत केही समयदेखी भएको अस्वभाबिक मुल्य वृद्धिले आम नागरिक लगाएत मजदुरहरुको दैनिक जिवन कष्ठकर भैरहेको छ । दैनिक उपभोग्य वस्तुहरु डिजल,पेट्रोल ग्यास, चिनि, खानेतेल चामल, लगाएतको अति आवस्यक वस्तुको बजार मुल्य आकासीदै गैरहेको छ भने मानो रोपेर मुरी फलाउने मध्यअसार मासमा मलको अभावले कृषकलाई पिडामाथी पीडा थपेको छ । प्रमुख खाद्यबाली धान लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषकहरु चिन्तित भएका हुन् ।

किसानले सहज रुपमा बजारमा मल नपाउँदा कृषकलाई धानबाली लगाउन समस्या भएको छ भने मकैमा समेत मल हाल्न नपाएको गुनासो गर्दैआईरहेका छन । यसै सन्दर्भमा गैर सरकारी संस्था महासंघ जिल्ला शाखा चितवन द्धारा महंगी नियन्त्रण र मल बिउ सहज उपलब्धताको लागी जिल्ला प्रशासन कार्यालय चितवनका सहायक जिल्ला प्रमुख समक्ष ज्ञापन पत्र बुझाएका छन ।

गैसस महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरे दवाडीको अगुवाईमा महासंघ पदाधिकारीहरु र जिल्लाका अन्य सरोकारवालाहरुको सहभागीतामा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा समक्ष ज्ञापन पत्र बुझाईएको हो । बड्दो महङ्गी नियन्त्रण, किसानलाई मल, बिऊको सहज उपलब्धता, विजुली आपूर्ति नियमितता जस्ता समसामयीक बिषयमा केन्द्रित रही जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएको अध्यक्ष पार्वती घिमिरे दवाडीले बताउनु भयो । महासंघका निबर्तमान अध्यक्ष सुरेस कुमार अधिकारी अध्यक्ष पार्वती घिमिरे सचिब रामचन्द्र आचार्य, महासंघका कोषाध्यक्ष जनक कार्की लगाएत अन्य पदाधिकारीहरुको टोलिले २०७९ असार १६ गते बैठक बसेर ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।

निबर्तमान अध्यक्ष अधिकारीले नागरिकहरुलाई गाह्रो अफ्ठ्यारो पर्दा महासंघले समबन्धित निकायको ध्यानाकर्षण गर्ने गरेको बताउनु भयो । चितवनका सहायक प्रमुख जिल्लाअधिकारी चिरञ्जीवी शर्माले स्थानिय सरकार नागरिकहरुको हक अधिकार रक्षा गर्न सहज र सरल रुपमा सेवा सुबिधा प्रबाह गर्न तत्पर रहेको बताउनु भयो ।

जिम्मेवार नागरीकहरुको यस प्रकारको ध्यानाकर्षण र खबरदारीले स्थानिय सरकार र प्रशासनलाई नागरिकहरुप्रति अझ जिम्मेवारी र जवाफदेहि भएर कामगर्न प्रेरित गर्ने बताउनु भयो । कार्यक्रममा महासंघका सहसचिव रामकुमार श्रेष्ठ, सदस्य माया श्रेष्ठ,रशु थकाली, किशोर खनाल, सामाजिक अभियन्ता नारायण प्रसाद दवाडी लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार